नियम ११
विशेषज्ञ कर्मचारी नियुक्ति सम्वन्धी व्यवस्था
११. विशेषज्ञ कर्मचारी नियुक्ति सम्वन्धी व्यवस्था
(१) समितिले ट्रष्टलाई आवश्यक पर्ने विशेषज्ञ कर्मचारी प्रचलित कानून र नेपाल सरकारले समय समयमा जारी गरेको निर्देशिका बमोजिम करारमा नियुक्ति गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्त कर्मचारीको सेवाको शर्त तथा सुविधा नियुक्ति गर्दाको करारमा तोकिए बमोजिम हुनेछ ।